Monday, May 18News That Matters

सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, असोज २३

सप्तरीमा कोरोना संक्रणबाट थप एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
ज्वरो र रूघाखोकी लागेपछि यही असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । २१ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो । धरानतर्फ जाने क्रममा बाटोमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनियासमेत देखिएको थियो ।