Sunday, May 17News That Matters

अमेरिकी राष्ट्रपति ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्कने

पूर्णपुष्टि, असोज २३ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी हप्तादेखि नियमित काममा फर्किने भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेका ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काम फर्किन सक्ने डाक्टरले बताएका छन् ।

उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताउनुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएको १० दिनपछि ट्रम्प सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन सक्ने जनाएको छ । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले आज फेरि कोरोना परीक्षण गर्ने तयारी भएको संचारमाध्यमले जनाएको छ ।