Tuesday, May 12News That Matters

सप्तरीमा पनि १ जनालाई कोरोना संक्रमण

सप्तरी/बैशाख, २९

सप्तरीमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । आज मात्रै कपिल वस्तुमा पनि १० जना कोरोना संक्रमित पुष्टि भएको थियो ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा युवाको वैशाख २५ गते स्वाब संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।