Sunday, June 28News That Matters

समय नाघेको औषधि छिट्दा स्वास्थ्य समस्या

पूर्णपुष्टि, चैत ९

महोत्तरीमा लामखुट्टे मार्नका लागि म्यान नाघेको औषधी छर्किदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ ।

जलेश्वर नगरपालिका–५ को पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद नाघेका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको जनाएको छ ।

औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही घण्टापछि नै स्थानीयमा जीउ चिलाउने, ज्वरो आउने, बान्ता हुने, जीउ सुन्निने र रिँगटा लाग्नेलगायत समस्या देखिएको जनाइएको छ ।

छरिएको औषधिको उत्पादन मिति २०१८ सेप्टेम्बर लेखिएको छ भने दुई वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद सकिएपछि औषधि छर्किएकाले स्थानीयवासीमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्थानीयले बताएका छन् ।

वडाले स्थानीयमा देखिएको स्वास्थ्य समस्या औषधिको कारण नभएको दाबी गरेको छ । स्थानीयले जिल्ला अस्पतालबाट स्वास्थ्य टोलीको माग गरेका छन् ।