Sunday, June 28News That Matters

करेन्ट लागेर एक जनाको ज्यान गयो

पूर्णपुष्टि,चैत ९

करेन्टलागेर दार्चुलामा एक जनाको ज्यान गएको छ । दुहूँ गाउँपालिका–३ का अन्दाजी ५५ वर्षीय पदमबहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर बमकोे ज्यान गएको हो  । घार हेर्न गएका बम आइतबार अबेरसम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।