Friday, May 22News That Matters

समिट अपार्टमेन्ट आसपासका घरहरु भासिन थालेपछि स्थानीयहरु भागाभाग

पूर्णपुष्टि,चैत्र २५ । ललितकपुरको बखुण्डोल स्थित निर्माणधीन समिट अपार्टमेन्ट आसपासको घरहरु अचानक जमिन मुनी भासिन थाले पछि स्थानीयबासिन्दाहरु भागाभार भउको छ । शुक्रबार रातिको समय अपार्टमेन्ट वरपरका घरहरु जमिनमा भासिनथाले पछि त्यहाँका स्थानीयहरुको भागदौड पच्चिएको हो । भागदौडको क्रममा कहि स्थानीयहरु घाइते भएको छ ।

निर्माणाधीन अपार्टमेन्ट वरिपरिका केही घर क्षतिग्रस्त भएका छन् भने केहीको एकतलाको घर जति भासिएको छ । नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको स्थानीयबासिन्दाको आरोप छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।