
पूर्णपुष्टि, चैत्र २५ । गाईघाट स्थित स्ववलम्व महिला लघुवित्त संस्थाका एक महिला सदस्यले आक्रो पोखेकी छिन् । उनले पेन्सन बापतको बचत आफुले नलगेको तर कागजमा भने सहिछाप सहित लगेको प्रमाण देखाएको भन्दै आक्रोस पोखेकी हुन् । उनि सँगै अन्य महिला सदस्यहरु थप आक्रोस बन्दै आएको छ । यस भन्दा पहिले एक महिलाले आफ्नो २७ बर्षको जम्मा बचत ५४ हजार मात्रै संस्थाले देखाएपछि आपत्ती जनाईकी थिईन् । त्यस लगत्तै शुक्रबार त्रिनपा ५ देउरी चोककी सरस्वती पन्तले पनि आफुले पैसानै लगेको कागज देख्दा आफु छाँगाबाट खसे जस्तो भएको जनाईन् ।
उनले आफ्नो पेन्सन बापत लिनु पर्ने पैसा आफुलाई लिएको थाहै नभएको जनाईन् । ती बृद्धाले आफु कहिले पनि त्यस संस्थामा नआउने छोराहरुले घरबाट नजिकै रहेको अफिसमै किस्ता तिरिदिने गरेको जनाईन् । आफु नआईनै पेन्सन बचत लिएको देखाएपछि ती महिला आक्रोसित बनेकी हुन् । ती महिलाका अनुसार आफुले पाउने पेन्सन बापतको पैसा लगेको आफुलाई नै अत्तोपत्तो नभएको बताईन् । उनले आफ्नो किर्ते प्रमाणहरु जुटाएर पैसा नदिने बाहानामा संस्था लागी परेको समेत आरोप लगाएकी छिन् ।

यता संस्थाले उक्त महिलाको सहि छाप सहितको कागजात हेराउँदै पैसा लगेको जिकिर गरे । संस्थाका गाईघाट शाखा प्रमुख राजु वस्नेतले ती महिलाले पैसा लगेको जनाएको छ । बस्नेतले कागजात नै ठुलो प्रमाण रहेको जनाउँदै बाँकी अन्य कानुनी निकायमा जासुकै गए पनि त्यो बाटो खुल्लो रहेको बताए । ती महिलाले आफुले पैसा नलगेको भन्दै गर्दा संस्थाले लगिसकेको भनेर देखाएपछि एमाले नेता इश्वरमणी राउतलाई समेत लगेर अफिस गएका थिईन् । त्यो वेला पनि कागज देखाएर पैसा लगेको भन्दै संस्थाले फर्काएका थिए ।

महिलाले आफ्नो किर्ते सहि छाप गरेको आरोप लाउँदै त्यसका लागि सम्बन्धित ठाउँमा आफ्नो ल्याप्छेको परिक्षण गर्न माग समेत गरेकी छिन् । मैले पैसा लगेको भए अहिले मरुम, म यस्तो बुढी भएको मान्छे मलाई किन झुठो अनि यत्रो लफडा गर्नु पर्ने थियो र ? उनले भनिन्” पेन्सन बचत निकाल्ने समय भएपछि उनले पैसा निकाल्ने समय भयो होला है सर भन्दै अफिसमा सोधिन, अफिसले तपाईको पेन्सन पाक्यो निकाल्न पाईन्छ भन्यो, तर उनिले त्यो बेला पेन्सन भने लिन नगएको बताईन् । तर पछि आवश्यक परेको बेला पैसा लिन जाँदा पैसा लगेको अफिसबाट आफुलाई बताएको उनको भनाई छ ।
बिरामी परेर पेन्सन बचत झिक्न जाँदा पहिल्यै लगेको देखाएपछि
ती महिलाले आफुलाई बिराम भएपछि पेन्सन बचत झिक्न जाँदा पैसा लगिसेको जनाएपछि छक्क परेको जनाईन् । पेन्सन पाकेको थाहापाएर आफुले अफिसमा बुझ्दा अफिसबाट पाक्यो तफाईको निकाल्न सकिन्छ भन्यो, तर त्यो समयमा आफु जान नपाएको महिलाको भनाई छ । तर पछि विरामी भएर आफ्नो पेन्सन लिन जाँदा भने लगिसेको देखाएपछि ती महिलालाले भने क्यास पैसा आफुले नलगेको जनाईन् । उनले भनिन् आपतमा मैले पैसा झिक्न जाँदा उल्टै लगेको देखायो मैले लगेको छैन् यहि चित्त नबुझेर म बिद्रोहमा लागेकी हुँ । आफुलाई संस्थाले डुवाउनु र छलपकट गर्न खोजेको भन्दै न्याय गर्न उनिले नेपाल कम्युनिष्ट पार्टी र अहिलेको संघर्ष समितिलाई समेत आग्रह गरिन् । उनिकै आग्रहमा त्यहाँ अन्य पिडित महिलाहरुले समेत आफुहरु पनि त्यस संस्थाबाट पिडिट रहेको जनाईन् । उक्त कार्यालयमा महिलाहरुे शुक्रबार आफ्नो समस्या राख्न ठुलो संख्यामा उपस्थित जनाउँदै अन्य क्रियाकलापहरु चाल्ने समेत जनाईन् ।
पैसा नलगेको बृद्धाको दावी, संस्थाको कागजमा लगेको प्रमाण, सहि ल्याप्चे परिक्षणको माग
देउरी चोककी ती बृद्धा महिला चिया ब्यापार गरेर जिविका पार्जन गर्दै आएको जनाउँछन् । लघुवित्त महिलाहरुको सहयोग र टेवामा आधारित होला भन्ने बुझेर त्यहाँबाट ऋण लिने काम गर्दै आफु सदस्य समेत बनेको जनाईन् । तर आफुले नलगेको पैसा लगेको देखाउँदा संस्थाले चित्त बुझ्दो काम नगरेको उनिले बताईन् । उनले आफ्नो दुई छोराको कसम खाँदै आफुलाई यो अवस्थामा लफडा गर्न लाज लाग्ने भएपनि संस्थाको छलपकटले बाध्य बनाएको जनाईन् । उनले आफुमाथी संस्थाले किर्ते काम गरेको समेत पटक पटक आरोप लगाईन् । उनले आफ्नो गुणासो बाराम्वार संस्थामा राख्न आउँदा अफिसबाट नराम्रा गाली र शब्दहरु समेत सहनु परेको जनाईन् ।
आफु अफिसमा पुग्ने बित्तिकै अफिसले यो फटाईँ आईमाई किन आउँछ बाराम्वार पैसा लगरे पनि भन्दै नराम्रा शब्दहरु प्रहार गरेको समेत ती महिलाका भनाई छ । यता संस्थाले प्रमाणको आधारमै ती महिलाले पैसा लगेको बाराम्वार बताउँदै आए । संस्थाका प्रमुख राजु बस्नेतले त्यहाँ पुग्ने जो कोहीलाई कागज देखाउँदै यो भन्दा ठुलो पैसा लगेको प्रमाण अरु केही नभएको जनाए । अफिसले पछिल्लो समय मोवाईल बैँकिङको नाममा समेत सदस्यहरु बाट पैसा असुल्दै आएको छ । तर कतिपय अनपढ र मोवाईल चलाउन नजान्ने सोझोसाझा महिलाहरुलाई त्यसबारे केही पनि थाहा छैन् । ब्यक्ति अनुसार प्रविधि प्रयोग गर्न जान्ने वा नजान्ने त्यो पनि संस्थाले परिक्षण नगरी मोवाईल बैँङ्किङ भन्दै पैसा लिने गरेको जनाईन् । महिलाले पैसा नलगेको दावी बाराम्वार गर्दा यता संस्थाले भने लगेको प्रमाण पेस गरेका छन् । महिलाले पैसा लगेकै हो या संस्थाले छलपकटमा प्रमाण बनाएको बारे संम्बन्धित निकायले अनुसन्धान गर्नु पर्ने संघर्ष समितिले समेत जनाए । त्यसका लागि सम्बन्धि निकायले सत्यतथ्य छानविन गर्नु पर्ने समेत पिडितको माग छ । ती महिलाको मौखीक समस्या र संस्थाको प्रमाण सहितको कागज कति ठिक होला त्यो भने सम्बन्धित निकायले हेरी समस्याको समधान गर्नुनै पर्ला । उनिले आफ्नो सहि र ल्याप्चेहरु सत्यतथ्य रुपमा परिक्षण हुनु पर्ने समेत माग राखिन् ।

