
पूर्णपुष्टि,चेत्र २५ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापती रवी लामिछानेले भ्रष्ट्रचारीले मात्र रास्वपाको र आफ्नो आलोचना गर्ने गरेको बताएका छन् । शनिबार तनहुँको चुनावी सभामा बोल्दै उनले आफ्ना आलोचकको इतिहास र काम हेर्दा त्यस्ता व्यक्तिहरुलाई भ्रष्ट्रचार अभियोगमा जेल हाल्नुपर्ने खालको रहेको बताएका हुन् । हामिलाई प्रश्न गर्ने मानिसहरुलाई हाम्रो सरकार बन्यो भने भ्रष्ट्रचारको आरोपमा जेल हाल्नको लागी त्यस्ता व्यक्तिहरुको लिष्टसम्म तयार गरिरहेको छौं ‘उनले भने’ त्यस्तो व्यक्तिलाइ मैले जवाफ दिन जरुरी छैन ।
सर्वसाधरणले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार रहेको र त्यस्ता भ्रष्ट्र मान्छेको एउटा पनि जवाफ दिदिन किनकी त्यस्तालाई त जेल कुच्ने हो उनले भने । मुलुक आज यो अवस्था तिर पुग्नु बर्षौदेखी शासन गर्नेहरुको कारण रहेको भन्दै उनिहरु जवाफदेही हुनुपर्ने बताए । जनताको भोट लिएर गएपछि देश छाड्न बाध्य बनाउनेहरुले हामीलाई प्रश्न सोध्न लाज हुनुपर्ने उनको तर्क छ ।
धेरै मानिसहरु हातमा हतकडी लगाउन पर्खि रहेका छन् । तर त्यसो हुदैँन किनकी यस देशका भ्रष्ट्रचारीलाई कारबाही गर्ने एकल निर्णय गरेर त्यो निर्णयमा हस्ताक्षर गर्ने यहि हात हुने उनले बताए ।
