
पूर्णपुष्टि,चैत्र २५ । उदयपुरको त्रियुगा नगरपालिका वडा ९ स्तरीय अन्तर टोल विकास संस्थाको हाजिरी जवाफ प्रतियोगितामा नवउदय टोल विकास संस्था प्रथम भएको छ । शनिवार नवउदय टोल विकास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक टिमले प्रथम स्थान हासिल गरेको हो ।
“नवउदय टोल विकासको आह्वान,बाल वालिकाहरुलाई गरौँ प्रोत्साहण” भन्ने मुन नाराको साथ त्रिपुरेश्वर माहादेव मन्दिर परिसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा वडा नं.९का बिभिन्न २७ वटा टोल विकास संस्थाहरुले प्रतिस्पर्धामा सहभागित जनाएको थिए । कार्यक्रममा वडा क्षेत्रमा रहेका बिभिन्न विद्यायलयहरुबाट कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले प्रत्यक्ष सहभागिता जनाएको नवउदय टोल विकास संस्थाका अध्यक्ष तुलसी भुसण निरौलाले जानकारी दिए । उनका अनुसार बार्षिक परिक्षा दिएका बालबालिकाहरुलाई लक्षीत यस कार्यक्रमले विद्यार्थीहरुलाई गुणस्तर शैक्षिक प्राप्त हुने र क्षमता वृद्धिबिकास गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतियोगितामा भगवती टोल विकास संस्थाले दोस्रो स्थान हासिल गरेको छ, भने शिवालय टोल विकास संस्थाले तेस्रो स्थानमै चित्त बुझाएका छन् । हाजिरी जवफमा प्रथम,दिृतिय र तृतिय स्थान हासिल गरको विद्यार्थीहरुलाई क्रमसः ट्रफि,मेडल,प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रतियोगितालाई ओरेक नेपाल उदयपुरले प्रायोजन गरेको थियो । त्यस्तै निरौला बहुउदेश्य कृषि तथा पशुपंक्षी फर्म, काव्या ग्लोवल नेटवर्क गाईघाट र उदयपुर फेन्सि सुज कारखाना उदयपुरले सह–प्रायोजनन गरेको थियो ।
