Wednesday, April 22News That Matters

समुदायको सशत्तीकरण तथा क्षमता विकास गर्दै मुस्लिम आयोग

पूर्णपुष्टि, असार १३ । उदयपुरको सदरमुकाम गाईघाटमा मुस्लिम समुदायको सशत्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । बिहिबार त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा मुस्लिम समुदायको सशत्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो ।

मुस्लिम आयोग जावलाखेल, ललितपुरको आयोजनामा मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांकृतिक लगायत विविध विषयक सशत्तिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो । समुदायको स्वास्थ्य, शिक्षा, सांकृतिक लगायतको विकास गर्ने उदेश्य सहित कार्यक्रम गरिएको आवास राष्ट्रिय अभियान केन्द्रिय संयोजक तथा मुलधार महिला सेवा केन्द्रका अध्यक्ष नजवुल खानले बताईन । राज्यले दिएको सेवा सुविधा सम्पूर्ण समुदाय स्तरसम्म पुर्याउन कार्यक्रम गरिएको उनले बताईन् ।

समुदायको समस्याबारे जानकारी गराई स्थानिय सरकारबाट सम्बोधन गराउने तर्फ मुस्लिम आयोगले भुमिका खेलिरहेको मुस्लिम समुदायका सदस्य तथा प्रवक्ता मिर्जा अरशद बेगले बताएका छन् । मुस्लिम आयोगका माननिय महमदिन अलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै विषेश अतिथिमा त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत, मुस्लिम संघका उपसभापती सदरुल मिया, आयोगका सदस्य महोमद समसुलहक, न्यायिक समितिको सदस्य मिरा विश्वकर्मा, द्धन्द पिडित समाजकी सचिव मुस्लिम बालिका, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धन कुमारी राई, वडा नं ४ की सदस्य तिलमाया परियार सुन्नि खातुन लगायतको उपस्थिति रहेको थियो । ९८ प्रतिशत महिलाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।