Monday, June 22News That Matters

सरिता गिरीको संशोधन अस्वीकृत

पूर्णपुष्टि, जेठ ३१ गते ।

सरकारले संसदमा पेश गरेको संविधान दोश्रो संशोधन विधेयकमाथि सांसद सरिता गिरीले राखेको प्रस्ताव समाभुख अग्निप्रसाद सापकोटाले खारेज गर्नुभएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा नेपालको निशान छापमा समेट्न सरकारले पेश गरेको अध्यादेशको विरोधमा सांसद गिरीले संसदमा दर्ता गराएको अर्को प्रस्ताव सभामुख सापकोटाले खारेज गर्नुभएकोे हो ।

आजको बैठकमा सभामुख सापकोटाले संसद नियमावलीको ११२ नम्बर बुँदामा रहेको संशोधन सम्बन्धि शर्त पूरा नभएकाले सांसद गिरीको विधेयक अस्विकृत गरेको रुलिङ्ग गर्नुभयो ।

अहिले सरकारले पेश गरेको विधेयकमाथि दफावार छलफल भइरहेको छ ।