Wednesday, April 22News That Matters

सर्जक देविन बाबु राईको “लिङ्दुङ्मा साईली” सार्वजानिक, भिडियो लिंक सहित

पूर्णपुष्टि, १५ साउन ।
गित सर्जक देविन बाबु (देविन्द्र राई) को लिङ्दुङ्मा साईली बोलको गित सार्वजानिक भएको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहाका राईले चाम्लीङ राई समुदायहरुmलाई चित्रण गर्दै लिङ्दुङ्मा साईली सार्वजानिक गरेको हो । गायक परेश राई र गायीका इन्द्रकला राईको स्वरमा सजिएको गितमा मोडल विपना राई सँगै गायक स्वयम परेश राईले समेत अभिनय गरेको छ । उनिहरु सँगै तिमाल राईलाई पनि अभिनयमा देख्न सकिन्छ ।

देबिन बाबू राईको शब्द ,सङ्गीत रहेको गितमा सागर संसार राईको सङ्गित संयोजन तथा मास्टरिङ रहेको छ। गितलाई विशाल लिम्बूको रेकर्डिङ माहौल स्टुडियोमा रेकर्ड गरिएको छ । गितको शव्द संगित, कलकारको अभिनय र मुन्धुम पदमार्गले परिचित टेम्के मैयुङ क्षेत्रमा गरिएको छायांकनले दर्शकहरुलाई आकर्षित गर्छ । लेकमा बस्ने गोठाले र जिम्वालको छोरी सँग माया बसेको कथा यस गितको अभिनयमा देख्न सकिन्छ ।