Monday, June 29News That Matters

सलह प्रतिकेजी १०० रुपैयाँ

पूर्णपुष्टि, असार २७

झापाको एक नगरपालिकाले सहल किराको मुल्य निर्धारण गरेको छ । अर्जुनधारा नगर कार्यपालिकाको बैठकले सलह किरा समाटेर ल्याउनेलाई प्रतिकेजी एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।

सलह खरिदका लागि विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ विनीयोजन गरिएको नगरले जनाएको छ ।

नगरपालिकाको कृषि विकास शाखामार्फत सलह किरा दाना उद्योगलाई प्रतिकेजी रु. ५० मा बिक्री गर्ने निर्णय गरेको नगरले जनाएको छ ।

नेपालमा २ हप्ता पहिले बारा, पर्सा र सर्लाहीबाट सलह भित्रिएको थियो ।