Thursday, May 7News That Matters

सलह बर्दिया पुग्यो

पूर्णपुष्टि, असार १५

शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा बर्दिया पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका– १ बगैपुरको धान खेतमा सलह देखिएको हो ।

२ न. प्रदेशका सर्लाही, बारा र पर्सा, ५ न. प्रदेशका रूपन्देही, कपिलवस्तु र पाल्पा, पश्चिम नवलपरासी, अर्घाखाँची र दाङ, गण्डकीका स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा तथा वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुरमा सलह देखिसकेको छ ।

सलह आज हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् ।