
पूर्णपुष्टि, असार १५
सुदूरपश्चिम प्रदेशमा १४ दिनमा २ हजार ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
गत जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या २ सय ६४ रहेको थियो । तर असारको १४ दिनमा थप २ हजार ४५ जना थपिएको पुगेको हो । योसँगै संक्रमितको संख्या बढेर २ हजार २ सय ९ पुगेको छ ।
असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते २ सय ३८ जना, ५ गते १ सय ६६ जना, ६ गते १ सय ६३ जना, ७ गते ७६ जना र ८ गते १ सय ३७ जना, ९ गते १ सय १६ जना, १० गते २ सय ७२ जना, ११ गते १ सय १८ जना, १२ गते २ सय १९ जना, १३ गते २ सय २८ जना र १४ गते १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कैलालीका ६ सय १ जना, डोटीमा ४ सय १० जना, बाजुराका ३ सय १६ जना, कञ्चनपुरमा ३ँ सय जना, डडेल्धुरामा २ सय २६ जना, बैतडीमा २ सय १४ जना, अछामका १ सय ३९ जना, बझाङमा ७९ जना र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको जनाईएको छ ।
उक्त संक्रमित मध्ये ६ सय २८ जना उपचारपछि निको भएका छन् भने ६ जनाको मृत्यु भईसकेको छ ।
