
पूर्णपुष्टि, माघ १२ गते । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उप–महानगरपालिका–८ सुनसरीका ५५ बर्षीय प्रेम बहादुर श्रेष्ठ, सुन्दरहरैचा–७ का २२ बर्षीय श्याम बहादुर मगर र गढी गाउँपालिका–१ सुनसरीका ६० बर्षीय आनन्द चौधरी रहेका छन् ।
हिजो बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका–३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकल चालक श्रेष्ठ घाईते भएका थिए । घाईतेको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
सोहि दिन साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका–७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि सहचालक मगर घाईते भएका थिए । उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
यसै गरी सुनसरीको ईटहरी–१२ स्थित कोशी लोकमार्गमा प्रदेश १–०४–००१ च ०१९८ नम्बरको पिकअपको ठक्करबाट साईकल यात्री चौधरी घाईते भएका थिए । घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।
