सवारी दुर्घटनामा एक जनाको मृत्यु

पूर्णपुष्टि, मंसिर २१
झापा मेचीनगर नगरपालिका–१२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुद्धशान्ति गाँउपालिका–२ का ३५ वर्षीय भिम प्रसाद पौडेलको सवारी दुर्घटनामा ज्यान गएको हो ।
हिजो राती पौने ९ बजे ट्याक्टर बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर लागि दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक पौडेल घाइते भएका थिए । घाइते पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे ज्यान गएको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0