
पूर्णपुष्टि, भदौ २०
सिरहामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चौहर्वा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका–५ को सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ का अमलेश महतो र सुनिल सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । ।
दुर्घटनामा घाइते भएका मिथिलेश सदाको थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
