Sunday, May 31News That Matters

सवारी दुर्घटनाहुदाँ २ जनाको मृत्यु

पूर्णपुष्टि, पुष २९ मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको उर्लावारी नगरपालिका–७ मा भेन र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २१ बर्षीय पवन लिम्बु रहेका छन् ।

पुर्व पश्चिम राजमार्गमा बुधबार राती पौने ८ बजे पश्चिमवाट पूर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र बिपरीत दिशा तर्फ जादैँ गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदाँ लिम्बु घाईते भएका थिए । उनको उपचारको क्रममा  B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका–३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर १ जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरी डोरीले बाध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० बर्षीय कुमार उरावको घटनास्थलमा नै मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।