
पूर्णपुष्टि, माघ १३ १ नम्बर प्रदेशको पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाऊँपालिका–१ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माङसेबुङ गाउँपालिका–३ का २१ बर्षीय रविन लिम्बु रहेका छन् । सडकबाट अन्दाजी ७ मिटर तल खस्दाँ ट्याक्टर चालक लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–७ मा सोही नगरपालिकाको गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र बिपरित दिशाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकल बुधवार बेलुका ७ बजे एक आपसमा ठोक्किदा मोटरसाईकल चालक घाईते भएका थिए । घाईतेलाई उपचारको लागी झापाको बि.एन्ड.सी अस्पताल बिर्तामोडमा पठाएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा संग्लग्न सवारी र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
