Tuesday, April 21News That Matters

सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ११

झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

२ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको छे । तर गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।