
पूर्णपुष्टि, भदौ ११
कोरोना संक्रमणबाट बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको थियो ।
