
पूर्णपुष्टि, भदौ ११
प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको अस्पतालले जनाएको छ ।
एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालले जनाएको छ । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।
सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको जनाईएको छ ।
