
पूर्णपुष्टि,चैत्र २० । सिरहामा जारी सहिद हेम नारायण स्मृति अन्तराष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाईनलमा गाईघाट फुटबल क्लव प्रवेश गरेको छ । आईतवार भएको प्रतियोगितामा छिमेकी मुलुक भारतको बनारसका काम्ख्या स्पोटिङ्ग क्लवलाई ट्राईवेकरमा हराउँदै गाईघाट फुटवल क्लवले सेमी फाइनलमा प्रवेश पाएको हो ।
क्वाटरफाइनल खेल चलिरहँदा बनारसको तर्फबाट पहिलो हाफको २४औँ मिनेटमा जर्सि नम्बर ८ का राहुलले पहिलो गोल गर्दै अग्रता लिएको थियो । त्यस्तै प्रतियोगिताको दोस्रो खेलको ३औ मिनेटमा गाईघाट फुटबल क्लवका जर्सि नम्बर ११का खेलाडि दिपक मगरले उत्कृष्ट गोल गर्दै खेललाई बरावरीमा ल्याएको थिए । त्यस लगतै गाईघाटकै तर्फबाट पेनाल्टि पाएका जर्सि नम्बर ८ का देवराज चौधरीले पेनाल्टिलाई सहि सदुपयोग गर्दै सहजै विपक्षिपोसको जाली चुमाउँन सफल भएका थियो । लगातार गाईघाटका लागि जर्सी नम्बर ७ का अन्जन हमालले आर्को गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको हो ।
यता भारत बनारसको तर्फबाट पनि पुन प्रतिश्पर्धात्मक गोल गर्दै ३–३ गोलको बरावरीमा निर्धारित ९० मिनेट सकिएको थियो । निर्धारित समय सम्म क्वाटरफाइनल खेल बरावरमा चल्दा सेमी फाइनल खेलमा जान पेनाल्टी सुट आउट खेल्ने भएको थियो । पेनाल्टी सुट आउटमा बनारसका तर्फबाट प्रहार गरेको गरेका गोल २ मै सिमित रहँदा गाईघाटको तर्फबाट भने दिपक मगर, योञ्जन हमाल र देवराज चौधरीले गोल गर्दा २ को विरुद्ध ३ गोल अन्तरले गाईघाट फुटवल क्लवले सेमी फाइनलको बाटो तय गरेका थिए ।
सलहेश युवा क्लव सिहराद्धारा आयोजित प्रतियोगितामा १० टिमले सहभागिता जनाएको छ । यस प्रतियोगिताको फाईनल खेल आगामी चैत्र २४ गते हुने आयोजकले बताएको छ ।
