
पूर्णपुष्टि, चैत्र २२
माओवादी नेता तथा संघिय सांसद शुरेस कुमार राई (हिमाल) लगायतका नेताहरुले अग्नि पिडितलाई आर्थिक सहयोग गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिकाका १ शिखरपुरका ७ घर अग्नि पिडित परिवारलाई सांसद राई सहितको माओवादी नेताहरुले रु ७५ हजार बराबर आर्थिक सहयोग गरेको हो ।

राईले पिडितहरुको समस्यामा हल्का भएपनि मलपट्टी लगाउन सकिने भन्दै आफ्नो र अन्य नेताहरुबाट व्यक्तिगत सहयोग गरेको जनाएको छ । आईतबार पिडितहरुकै घरघरमा गई आर्थिक सहयोग सँगै घर निर्माणका लागि सुरक्षित आप्रवास कार्यक्रम मार्फत जस्ता समेत उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

उदयपुर काठमाडौ सम्पर्कमंच, उदयपुरगढी गाउँपालिका दिपक मगरको संयोजनमा राई सहित माओवादी केन्द्रका उदयपुर जिल्ला संयोजक विनोद कटुवाल, माओवादी केन्द्र उदयपुरगढीका अध्यक्ष दिपक लामा, स्थानीय नेताहरु देव गिरी, भुवन मगर लगायतको टोलीले आर्थिक सहयोग गरेको माओवादी केन्द्र उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष गंगा राईले बताईन् ।

राईले तत्कालका लागि रु ७५ हजार हस्तान्तरण गरेको र थप ३३ हजार समेत थप गरी केहि दिनमा हस्तान्तरण गर्दै १ लाख बढी आर्थिक सहयोग गरिने जनाईन् । यो संकटको बेलामा सम्पूर्ण राजनितिक दल, संघसंस्था, स्थानीय सरकार व्यक्ति र सामाजिक अभियान्ताहरुले पनि सकेको सहयोग गर्न माओवादी नेताहरुले आग्रह गरेको छ ।
