
पूर्णपुष्टि, फागुन
१११ औ अन्तराष्ट्रिय महिला दिवस १३ नं वडामा पनि भब्यताका साथ मनाइएको छ । महिला दिवस ( आठ मार्च ) को अवसरमा १३ नं वडाले पनि वडाभित्रका महिलाहरुको प्रतिभाको सम्मान र मुल्याङकन गर्दै भव्य सांस्कृतिक कार्यक्रम सहित सोमवार दिवस मनाएको हो ।
बिषेश गरी वडाका बिभिन्न क्षेत्रमा रहेका महिला नारीहरुलाई सम्मान तथा कला प्रतिभा प्रदर्शन गरी दिवस मनाइएको छ ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत महिला अधिकार बारे बक्तृत्वकला र नृत्य प्रतियोगिता गरिएको छ ।
वडाभित्रका बिभिन्न विद्यालयबाट नृत्य र वक्तृत्वकलामा प्रतियोगिताको लागि भाग लिएको छ ।
कार्यक्रममा ६ जना महिला मजदुर र ४ जना अगुवा महिला कृषकहरुलाई सम्मान पनि गरिएको छ । महिलाको हकमा मजदुर र कृषिमा उदाहरणीय काम गरेको भन्दै कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन प्रदेश सांसद तथा प्रमुख अतिथि सुनिता चौधरी वडा अध्यक्ष पशुपति चौधरीले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रममा वडा भित्रका बिभिन्न विद्यालयका शिक्षक, टोल विकास संस्थाका अध्यक्षहरु, बिभिन्न क्षेत्रका महिलाहरुको सहभागी रहेको थियो ।
त्रियुगा नगरपालिका १३ नं वडाको सहयोगमा वडा स्तरीय महिला समिति उदयपुरको आयोजनामा लक्ष्मीपुर माविको प्राङगनमा कार्यक्रम भव्य भएको हो । गोमा सेन ठकुरीको अध्यक्षतामा प्रदेश सांसद सुनिता चौधरीको प्रमुख अथित्यतामा कार्यक्रम गरिएको छ ।

