Friday, May 15News That Matters

साउदीमा गाडीको ठक्करले उदयपुरे युवाको ज्यान गयो

पूर्णपुष्टि, कात्तिक २२ ।

रोजगारमुलक विदेशी भूमिमा हिजो उदयपुरे एक युवाको ज्यान गएको छ । बेलका नगरपालिका ८ का ३० वर्षिय भविन्द्र कटुवालको गाडीको ठक्करबाट साउदीमा  ज्यान गएको हो ।

कामको सिलसिलामा खटिएर विहानको खाना खान फर्कदै गर्दा सवारी साधनले ठक्कर दिई उनको ज्यान गएको उनकी दिदी देवि कटुवालले जानकारी दिनुभयो । बैदेशिक रोजगारीको सिलसिलामा उनी गएको बैशाखमा साउनी गएका थिए । दुर्घटनाको खबर लगत्तै परिवार शोकमा डुबेको छ ।
परिवारमा एकछोरा, एकछोरी, श्रीमती र बृद्ध बुवाआमा छन् । परिवारले दोषीमाथी कानूनी कारवाहीको मागका साथै छिटो शब नेपाल झिकाईदिन र क्षतीपूर्तीको माग गरेको छ ।