
पूर्णपुष्टि,चैत्र २३ । त्रियुगा नगरपालिका वडा नम्बर १४, साउने चौकमा व्यवस्थित सार्वजनिक शौचालयको निमाण कार्य सुरु गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सगरमाथा राजर्माघ घण्डमा पर्ने साउने चौकमा सार्वजनिक शौचालय निमार्ण सुरु भएको हो ।
नगरले भुपेन्द्र कुमार मगरको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी गत चैत्र १७ गते देखि शौचालय निमार्ण कार्य सुरु गरेको वडाअध्यक्ष हेम मगरले बताए । अध्यक्ष मगरका अनुसार बन्दै गरेको भवनमा महिला र पुरुष गरी दुई कोठे शौचालय भवन निर्माण हुने भएको हो ।

दुई कोठे शौचालय भवनका लागि वडा नम्बर १४ साउने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विनियोजित कुल ६ लाख ८५ हजार ५ सय ९५ रुपौँयाबाट आगामी २०८० बैशाख ५ सम्पन्न हुने गरी निर्णय गरिएको छ । उदयपुरको सदरमुकाम गाईघाट देखि साउने, रसुवा हुँदै पहाडि जिल्ला खेटाङ,सोलुखुम्बु र दिक्तेल आवत जावत गर्ने सवारीलाई शौचालय नहुँदा समस्या हुँदै आएको थियो ।

