
पूर्णपुष्टि, चैत्र ११
त्रियुगा नगरपालिका २५ औँ बर्ष पुगेको अवसरमा गाईघाटमा भव्य रजत महोत्सव सुरु भएको छ । शुक्रबार जिल्ला साईकलिङ संघ उदयपुरको आयोजनामा साईकलिङ सहित रजत महोत्सव सुरु भएको हो । त्रियुगा नगरपालिका स्थित नगर प्रमुख वलदेभ चौधरीले साईकलिङ टोलीहरुलाई खादाले सम्मान गर्दै कार्यक्रमको सुभारम्भ गरेको हो । साईकलिङ टोलीले बजार परिक्रमा सँगै बिभिन्न ठाउँहरुमा आफ्नो गन्तव्य तय गरेका थिए । उक्त महोत्सवमा १२ गते बिभिन्न कार्यक्रमहरु राखिएको छ । पुराना लोप हुँदै गएका खेलहरु डोरी तनाई, डण्डीवियो, हण्डीफोर, तातो आलु, म्युजिकल चियर लगायत खेलहरुको महोत्सवमा राखिएको छ ।


