
पूर्णपुष्टि, २३ बैशाख ।
त्रियुगा नगरपालिका ११ का एक युवालाई मानव आश्रम सेवा जनकपुरले उद्धार गरेको छ । त्रियुगा नगरपालिका तथा एमाले नेता भागवत राउतको सहयोगमा अन्दाजी ३१ बर्षिय युवराज राईको उद्धार गरिएको हो । लामो समयदेखी मानसिक अवस्था बिग्रिएका राईको अवस्था पछिल्लो समय नाजुक बन्दै गएको थियो । पहिले पनि उनलाई उद्धार गरेर उपचारका लागि लगिएको भएपनि घर फर्किएपछि फेरी पुरानै अवस्थामा पुगेका थिए । उनलाई स्थानीय र परिवारको रोहबरमा मानव आश्रम केन्द्र जनकपुर लगिएको छ ।
उनको उद्धारमा मेयर वसन्त बस्नेत, उपमेयर महेश्वरी राई र एमाले नेता भागवत राउत उपस्थित थिए । मानव आश्रमले पहिले आश्रममा राखेर ठिक बनाएर पठाईएको भएपनि फेरी उस्तै अवस्थामा पुगेको जनाए । उनको औषाधी खाने समयको हेलचेक्राई र पारिवारिक रेखदेख समस्याको कारण फुरी पुरानै अवस्थामा पुगेको आश्रमले जनाए । मानव आश्रमले अब फेरी सामान्य अवस्थामै फर्काउने भन्दै उनलाई लगेको छ । राम्रो भएर फर्किएको अवस्थामा त्रियुगा नगरपालिकाले उसको लागि केहि कामको व्यवस्था गर्दिने जनाएको छ । उसलाई सामान्य अवस्थामा फर्काएर केहि काममा बिजी बनाउन सके उनको अवस्था सुधार हुने भन्दै त्यस कार्य तर्फ नगरपालिका लाग्ने जनाएको छ । आश्रमले सक्दो उनको अवस्थालाई तत्काल सुधार गर्ने जनाए ।
रेख देख र नियमित औषाधी गरे अवस्था सामान्य हुन सक्ने आश्रमको भनाई छ । मेर वस्नेतले उदयपुरमा रहेको व्यवारिसे व्यक्तिहरुलाई नगरपालिकाले धमाधम उद्धार गरिरहेको जनाए । उनि बाहेक अन्यको पनि उद्धार गर्ने र उनि भने अलिक सिरियस रहेकोले तत्काल उद्धार गरेको जनाए । यस्तै उपमेयर महेश्वरी राईले आश्रमलाई धन्यवाद दिएकी छिन् । मानव उद्धारमा यहाँ सम्म आएर बेवहारिसे अवस्थाका स्थानीय युवालाई उद्धार गरेको भन्दै धन्यवाद इिईन् । एमाले नेता राउतले उनको अवस्था सुधारका लागि अन्य पहल कदमी र निरन्तर निगरानीमा लागि पर्ने जनाए । उनलाई सामान्य अवस्थामा फर्काउन आफु लागि परिरहने जनाए ।
