
पूर्णपुष्टि/उदयपुर, मङ्सिर ४ ।
साझा सेवा घर उदयपुर बालगृहका चेस राईले प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा दाेस्राे स्थान हाँसिल गरेका छन् ।
अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा लागु पदार्थको सेवनबाट बालबालिकामा पर्ने असर र निराकरणका उपायहरु विषयक बक्तृत्वकलामा दाेस्राे भएका हुन् । दाेस्राे स्थान हाँसिलसंगै प्रमाणपत्रसहित पाँचहजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनी कक्षा ६ मा अध्ययनरत छात्र हुन् ।
काेशी प्रदेश सरकार, सामाजिक विकास मञ्त्रालय र सिविन नेपालकाे संयुक्त आयाेजनामा बालकल्याण गृहहरुकाबिच आज प्रतियाेगितामा भएकाे हाे ।
काेशी प्रदेश सामाजिक विकास मन्त्रि पाँचकर्ण राई, प्रदेश सचिव उद्धवप्रसाद रिजाल र सहायक सचिव दुर्गा भण्डारी बरालले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका हुन् ।
उनी पुरस्कृत हुनुलाई राम्राे उपलब्धिकाेरुपमा लिईएकाे सेवा घर सञ्चालक समितिकी प्रमुख गिता खड्का कार्कीले बताउनु भयाे । सेवाघर, चेस राई लगायत ११ जना वालबालिकाकाे आमाबुवाकाे रुपमा रहेकाे छ । ७ बालक र ४ वालिका छन् । उनीहरुकाे लालनपालनसहित शिक्षा, स्वास्थ्य सबै सेवा घरले हेर्दै आएकाे छ । सेवा घरले वालवालिकालाई पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि पाेख्त बनाउने गरेकाे उदाहरण पुरस्कृत हुनुबाट देखिएकाे छ ।


