
असोज ३० गते ।
नेपालीहरुको एक महान चाड तिहारमा बढी ओखर खपत हुने गर्दछ । चीनबाट १७ करोड ६३ लाख रुपैयाँ बराबरको ओखर आयात भएको छ । रसुवागढी नाका हुँदै २०७४ साउनदेखि अहिलेसम्म १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको हो ।
यस अवधिमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । आयात भएको ओखरमध्ये ७२.५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ ।
२ लाख ६ हजार ३ सय ३२ केजी ओखर नछोडाएको नै आयात भएको कार्यालयले जनाएको छ । नेपालमा उत्पादन कम हुने र माग बढ्दै जाँदा आयात पनि बढ्दै गएको कार्यालयले जनाएको छ ।
