Friday, May 15News That Matters

साढे ६ लाख नगदसहित ७ जुवाडे पक्राउ

पूर्णपुष्टि, वैशाख १२ गते ।
६ लाख ४१ हजार नगदसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । आइतवार मोरङको ग्रामथान गाउँपालिका–४ कटहराबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरू झापा, सुनसरी र मोरङका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार झापाको मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान–४ का ४७ वर्षीय सत्यनारायण राजवंशी जुवा खालबाट पक्राउ परेका हुन् ।
सो स्थानमा एक वर्षदेखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना पाए पनि यसअघि पटक–पटक प्रयास गर्दा प्रहरी असफल भएको थियो ।
पक्राउ परेका विरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।