
पूर्णपुष्टि, असार २८ गते ।
विगत सात दिनदेखि सुनकोशीमा हराएका दुई बालिका अझै भेटिएका छैनन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङ्गस्थीत सुनकोशी नदी पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई अझै फेला परेको छैननन् । उनीहरुको खोजी कार्य भैरहेपनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरको सूचना अधिकारी सन्तोष आर्चायले बताएका छन् । उनीहरु अषार २२ गतेदेखि हराएका हुन् । बाख्रा चराउन गएका उनीहरु गर्मी भएसँगै कोशीमा नुहाउन पसेका थिए ।
