Tuesday, April 21News That Matters

सातमहिने बालको आगोमा जलेर ज्यान गयोे

पूणर्पुष्टि,वैशाख १५

आगोमा जलेर एक सातमहिने बालकको ज्यान गएको छ । महोत्तरीको पिपरा गाउँपालिका-५ का श्रवण यादवका सातमहिने छोरा आकाशकुमार यादवको आगोमा जलेर ज्यान गएको हो ।

मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको बेला ओछ्यान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किएको थियो । आगोले शरीरको दाहिने भाग जलेर बालक गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।