Tuesday, April 21News That Matters

खोटाङबाट धरान तर्फ आउँदै गरेको सुमो उदयपुरमा दुर्घटना

पूर्णपुष्टि, बैशाख १५

खोटाङबाट धरानतर्फ  आउँदै गरेको सुमो आज उदयपुरको फोक्सिन्टारमा दुर्घटना भएको छ । उदयपुरको रौतामाई गाउँपालिका ५ घुम्नेमा अचानक ब्रेक फेल भई दुर्घटना हुँदा सुमो चालक सहित ८ जना घाइृते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

खोटाङ बाट गाईघाट हुँदै धरान तर्फ आउँदै गरेको ज ३०२७ नं को सुमो दुर्घटना हुँदा सुमोमा सवार चालक सुनसरीका रामधुनि नपा ३ बस्ने ४० बर्षिय रामकुमार खत्रि सहित ८ जना घाईते भएको गौतमले जाकारी दिनुभयो ।

घाईते १ जनालाई न्युरो हस्पिटल रेफर गरिएकको छ भने अन्य घाईतेहरुको  जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

उता खोटाङ प्रहरीले पनि घटना स्थल तर्फ आफ््नो टोली पठाएको जनाएको छ । अस्थाई प्रहरी चौकी भडारेघाटबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

आजै  मात्र उदयपुरगढीमा पनि बुलेरो दुर्घटना भई एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।