Tuesday, April 21News That Matters

भारतमा २४ घण्टा भित्र ३ लाख ७९ हजारभन्दा बढी सङ्क्रमित थपिए

पुर्णपुष्टि, बैशाख १६

भारतमा अहिले कोरोना भाइरसको सङ्क्रमण भयानक भएको छ ।

गएको २४ घण्टा भित्र ३ लाख ७९ हजारभन्दा धेरै मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । यस २४ घण्टामा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।

माहाराष्ट्रमा करिब एक हजार मानिसले आफ्नो ज्यान गुमाईसकेको छ । भारतको राजधानी दिल्लीमा २४ घण्टाभित्र करिब २६ हजार मानिसमा कोरोना संक्रमण भेटिएको भारतीय मिडियाले जनाएको छ । १७ हजार भन्दा बढी कोरोना संक्रमित पश्चिम बंगालममा मात्रै भटिएको छ । अहिले सम्म भारतमा कोरोनाको कारण मृत्यु हुने मानिसको संख्या २ लाख भन्दा बढिको मृत्यु भईसकेको छ ।

भारतमा हाल अहिलकोे कोरोना संक्रमितको संख्या १ करोड ३ लाख ६ हनार भन्दा बढि रहेको भारतीय संञ्चारमाध्यमले जनाएको छ ।