
पूर्णपुष्टि, बैशाख १६ । त्रियुगा नगरपालिका ११ ले वडा प्राेफायल बनाउन अन्तरक्रिया आज गरेकाे छ । वडाले एउटा राम्राे प्राेफायल बनाउन अन्तरक्रिया गरेकाे हाे । अन्तरक्रियामा विज्ञ तथा जानकारहरुसंग प्राेफायलकाे बारेमा छलफल भयाे । 
वडा गतिविधि सञ्चालनका लागि प्राेफायलकाे आवश्यकता रहने भएपछि प्राेफायल बनाउने प्रकिया अघि बढाएकाे वडाध्यक्ष विश्वराज भट्टराईले बताउनुभयाे ।
प्राेफायल राम्राे बनाउन समय र स्राेत पर्याप्त दिनुपर्ने र राम्राे बनमउनु पर्ने सुझाव आएकाे छ । थप अन्तरक्रिया र विज्ञ छलफलका साथ काम अगाडि बढाउने भएकाे छ । कार्यक्रम हाेटल काेहबरमा भयाे ।
