Tuesday, June 2News That Matters

सात बुदे सहमती पश्चातमतपेटीका र मृतकको शव कटारी ल्याईदै

काठमाण्डौँ, जेठ १

मृतकको परिवार लाइ क्षतिपूर्ती लगायका ७ वुद्धे सहमतिपछि उदयपुरको कटारी नगरपालिका १० सोरुङछविसे स्थित कालिका माध्यामिक विद्यालय मतदान केन्द्रको मतपेटीका कटारी ल्याईदै छ । शुक्रबार प्रहरीले गोली चलाउदा“ एक युवकको मृत्यु भएपछि स्थानीयले मतपेटिका उठाउन दिएका थिएनन ।
आज प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहित जिल्ला सुरक्षा समितिका सदस्य, राजनैतिक दलका प्रतिनिधि, निर्वाचनमा विभिन्न पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवार सहित स्थानीय विच सहमति भएपछि मतपेटीका उठाउने र शव पोष्टर्माटकालागि कटारी ल्याउदै गरेको प्रमुख जिल्ला अधिकारी यादवले वताए ।

शुक्रबार मतदान सम्पन्न भई मतपेटीका उठाउने क्रममा स्थानीयसँग सामान्य विवाद हुँदा प्रहरीकोगोली लागेर १९ बर्षीय नविन भनिने विरबहादुर कटुवालको मृत्यु भएको थियो । युवकको मृत्युपछि स्थानीयले शहिद घोषणा, क्षतिपूर्ती, मृतकको परिवारका एक सदस्यलाई नगरपालिकामा रोजगारीको व्यवस्था लगयाका माग राख्दै मतपेटीका मतगणना स्थल कटारी नगपालिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन दिएका थिएन । स्थानीयको माग सम्वोधन गर्ने प्रतिबद्धतापछि मतपेटीका उठाइदै गरेको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले वताए । अव मतपेटीका कटारी लगिदैछ, शवपनि पोष्टर्माटकालागि कटारी अस्पताल नै लगिने उनले वताए ।