
मोरङ, बैशाख २० गते ।
मोरङको बिराटनगरमा खाद्यान्न गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भई एक जनाको मृत्यु भएको छ । विराटनगर–१ स्थितमा सुरेशकुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा शंकर मण्डल बेहोस भएर मृत्यु भएको हो ।
गोदाममा सामान लोडअनलोड गर्ने क्रममा हिजो दिउँसो साँढे १२ बजे बेहोस भएका कटहरी–१ का ५० बर्षीय मण्डलको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
