Saturday, June 27News That Matters

फुङलिङ बजारमा आगलागी हुदा ७ घर जलेर नष्ट

तापलेजुङ, बैशाख २० गते ।

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा सात घर जलेर नष्ट भएको छ । फुङलिङ नगरपालिका–५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात  वटा घर र पाँच वटा  घुम्ती चिया पसल जलेर नष्ट भएको हो ।

फुङलिङ बजारको ट्याक्सी स्टेण्ड छेउमा देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज गतराती साँढे १० बजे अचानक आगलागी हुदा अवरपरको सात घर र पाँच वटा घुम्ति चिया पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा नेत्र कार्की, खेम के.सी., खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा संचालनमा रहेका होटल एण्ड लजहरु जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यस्तै सोही ठाउँमा बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ती काउण्टरको घुम्ती समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बिहान पौने ५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अभैm आगो कसरी लाग्यो भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिप्रका ताप्लेजुङले जनाएको छ ।