Friday, May 22News That Matters

दिवसको अवसरमा त्रियुगा नगरपालिकाको विशेष घोषणा

पूर्णपुष्टि, बैशाख १९ गते । 

उदयपुरको त्रियुगा नगरपालिकाले एक सय ३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि निःशुल्क खता खोली दिने भएको छ । नगरभित्र रहेका मजदुरहरुलाई लक्षित गरी निःशुल्क खाता खोली दिने नगरले घोषणा गरेको हो ।

‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ भन्ने नाराका साथ विशेष राहत प्याकेजको घोषणा गरेको मेयर बलदेव चौधरीले बताए । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले सबैभन्दा ठुलो क्षति श्रमिक वर्गमा परेको छ । यति बेला स्थानिय सरकारको हैसियतले नगरभित्रका श्रमिकहरुको थप टेवा पु¥याउन निःशुल्क बैंक खाता सञ्चालनमा ल्याउने घोषणा गरेको उनले बताए ।

प्रत्येक मजदुरको नममा नगरले एक सय रुपैयाँ बराबरको बैंक खाता खोली दिने भएको छ । नगर भित्र कार्यरत असंगठनित मजदुरहरु (डकर्मी, सिकर्मी, सबै किसिमका चालक, कृषी मजदुर, ठेलागाडा, रिक्सा चालकलगायत सबै क्षेत्रका ज्यालादारी तथा करारमा रहेका मजदुरहरु) को लागि राहत प्याकेज रहेको मेयर चौधरीले बताए ।

नेपाल सरकारले घोषणा गरेको एक नेपाली एक बैंक खाता कार्यक्रमको एक सय रुपैयाँ थप गरि जम्मा दुई सय रुपैयाँको पूँजी भएको निःशुल्क बैंक खाता सञ्चालन गरिदिने नगरले जनाएको छ । यसले कोरोना जस्तो प्रकोप उत्पन्न र घरेलु समस्याहरुमा राहत पुग्नुका साथै श्रमिकहरुलाई बचत गर्न प्रेरित गर्ने उद्देश्यले निःशुल्क खाता खोली दिने घोषणा गरेको जनाईएको छ ।

यसअघि दैनिक ज्यालादारी, विपन्न गरिब परिवारलाई सम्बन्धित वडा कार्यालयमार्फत राहत वितरण गरिसकेको नगरले जनाएको छ ।