Friday, May 22News That Matters

विपन्न परिवारलाई गाउँपालिकाको राहत

सिरहा, बैशाख १९ गते ।

सिराहाको विष्णुपुर गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण रोकथामका लागी गरिएको लकडाउनले दैनिक जीवन कष्टर बन्दै गएका विपन्न परिवारलाई पालिकाले राहत वितरण गरेको हो ।

गाउँपालिकाले पहिलो दिन १ नम्बर वडाका करिब तीन सय २५ घरपरिवारलाई राहत वितरण भएको पालिकाले जनाएको छ । घरको चामल २५, दाल २, नुन १, चिनी १ केजी,  तेल १ लिटर र हात धुने साबुन २ पीसको प्याकेज बनाएर राहत वितरण गरेको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताए ।

पालिकाको ५ वटै वडाका करिब १५सय घरपरिवारलाई राहत वितरण गर्ने विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलदेव यादवले बताए । तथ्यांक संकलन गर्न समय लागेकाले राहत वितरणमा केही ढिलाई भएको उनले बताए ।

आगामी दिनमा राहतको रुपमा खाद्यान्न सामग्रीसँगै अवस्थालाई मध्यनगर गर्दै गाउँ कार्यपालिकाको निर्णयबाट विपन्न परिवारलाई  सुविधा प्रदान गर्ने जनाईएको छ ।