
पूर्णपुष्टि, बैशाख १९ गते ।
त्रियुगा माध्यामिक विद्यालय गाईघाटका २०५४ साल एसलसी ब्याजीले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । शान्ति सरक्षमा अहोरात्र खट्ने सुरक्षाकर्मीको स्वास्थ्यलाई मध्ये नजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री नगर प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई शुक्रबार प्रदान गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी यत बेला सरकारले देश लकडाउन गरेको छ ।
लकडाउनको पूर्ण कार्यन्वयन गराउदै शान्ति सुरक्षामा खट्ने राष्ट्र सेवकलाई आवश्यक पर्ने करिब १६ हजार बराबरको स्यानिटाईजर, माक्स, पञ्जा लगायतका स्वास्थ्य सामाग्री जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख सई होमबहादुर खनाल र नगर प्रहरी गाईघाटका प्रमुख सई हरि भण्डारीलाई हस्तान्तरण गरेको एसलसी व्याजी कुमार अविरलले बताए ।
त्यस्तै महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई १० हजार रुपैयाँ सहयोग गरेको अविरलले बताए ।
