
पूर्णपुष्टि, बैशाख १९ गते ।
आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । बाँके र रुपन्देहीका एक/एक जना पुरुषमा भाईरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
बाँकेको नेपालगञ्जका ६० वर्षीय र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको ।
कोरोना संक्रमितको संख्या ५९ पुगेको छ भने उक्त सँख्यामध्ये १६ जना उपचारपछि निको भए घर फर्किसकेका छन् ।
