Tuesday, June 2News That Matters

सार्वाजानिक स्थलमा आज बाट अनिवार्य खोप कार्ड

पूर्णपुष्टि, माघ ७
आज बाट सार्वाजानिक स्थलमा अनिवार्य खोप कार्डको व्यवस्था लागु भएको छ । कोरोना माहामारी बढ्दै जाने क्रममा खोप हानेको हो या होईना भन्ने प्रमाणको आधार स्वरुप खोप कार्ड सार्वाजानिक स्थलमा बोक्नु पर्ने जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने जनाएको छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ । सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।