Wednesday, May 27News That Matters

साेमबार उदयपुरमा क्वारेन्टाइनमा बस्नेकाे संख्या ४ पुग्याे, एकजना आइसोलेशनमा

पूर्णपुष्टि, चैत १७

संकास्पद तथा विरामीको लक्षण जस्तो देखिएकाले क्वारेन्टाइनमा बसेर आफु र अरुलाई सुरक्षित पार्नुपर्छ भन्ने चेतना बढेसंगै आज उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या चार रहेको छ । एक जना आइसोलेशनमा बसेका छन् ।

त्रियुगा नगरपालिकाले बनाएको मोतिगडास्थित क्वारेन्टाइनमा तीनजना बसेका छन् भने एक जना रौतामाई गाउँपालिकाले बनाएको मुर्कुची स्वास्थ्य चौकीको क्वारेन्टाइनमा रहेका छन् ।

जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार मोतिगडामा बस्ने तीनजना मध्ये दुईजना मजदुरी गर्न गई नवलपारासीबाट फर्केका कामदार हुन् । उदयपुरको रौतामाई गाउँपालिका बासी उनीहरु गएराती बसबाट आएका थिए । दुईवटा बसमा आएका ८१ जना मध्ये दुइजनालाई सामान्य ज्वरो देखिए पछि चिकित्सकको सल्लाहमा क्वारेन्टाइनमा राखिएको हो । जिल्ला अस्पतालमा जाँच गरिएको थियो । अन्यको अवस्था सामान्य देखिए पछि घर पठाइएको छ । अर्का एकजना भने दार्जिलिङबाट आएका मानिस हुन् । उता रौतामाईको मुर्कुचीमा सोही गाउँपालिकाको वडा नं. १ का एकजना रहेको पालिकाले जनाएको छ । उनीसहित चारजना क्वारेन्टाइनमा बसेका छन् । अर्को एकजना भने जिल्ला अस्पतालको आइसोलेशनमा रहेको प्रमुख सुवेदीले बताउनुभयो ।

यसैबीच पाल्पाबाट पनि आजैराती ५५ जना गाईघाट आइपुग्ने जनाइएको छ । उनीहरुलाई पनि आवश्यक चेकजाँच गरिने एक सरकारी अधिकारीले बताएका छन् ।