Tuesday, June 30News That Matters

सिँचाइ कार्यालयका प्रमुख ९ लाख घुससहित पक्राउ

पूर्णपुष्टि, असार ३०

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ घुससहित पक्राउ परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पभित्र रहेको निवासबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।