Tuesday, June 30News That Matters

कैलालीको एक सूचना अधिकारी रङ्गे हात पक्राउ

पूर्णपुष्टि, असार ३०

कैलालीको एक गाउँपालिकाका सुचना अधिकारी घुससहित पक्राउ परेको छ । जोशीपुर गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशी घुससहित पक्राउ परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले गाउँपालिकाका सूचना अधिकारी जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।

सीपमूलक तालिममा सहजीकरण गरेबापत उनले ८५ हजार घुस लिएको आयोगले जनाएको छ ।