
पूर्णपुष्टि, असार ३०
नेपालमा आज थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ४ हजार ३ सय ६१ जनाको कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । अहिले आईसोलेशनमा ६ हजार ६ सय ९५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ३४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।
